Logo

प्रिमियर लिग फुटबलमा न्यु क्यासलविरुद्ध लेष्टरको शानदार जित

ई-खेलकुद २०७६ असोज १३ , सोमबार १०:०९ मा प्रकाशित

एजेन्सी । ईङलिस प्रिमियर लिग फुटबलको पछिल्लो खेलमा लेष्टर सिटि विजयी भएको छ । गएराती न्यु क्यासल युनाईटेडलाई ५–० ले हराउदै लेष्टरले सिजनको चौथो जित हात पारेको हो । पहिलो हाफमा १–० को अग्रता बनाएको लेष्टरले दोस्रो हाफमा ४ गोल थप्दै शानदार जित हात पारेको हो । उसको जितमा जेमी भर्डीले २ तथा रिकार्डो पिरेरा र विल्फ्रेड एनडीडीले गोल गरे । थप गोल उसले उपहारस्वरुप प्राप्त गरेको थियो । एकपक्षिय खेलमा लेष्टरले अधिकांश समय न्यु क्यासलमाथी दबाव दिएको थियो । ७ खेलबाट १४ अंक जोडेको लेष्टर तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । प्रिमियर लिग फुटबलमा आज म्यानचेष्टर युनाईटेड र आर्सनलबिच खेल हुनेछ ।
उता स्पेनिस ला लिगा फुटबलका पछिल्ला खेलमा सेभिया, आईबर र डिर्पोटिभो एलाभेष विजयी भएका छन् । रियल सोसिडाडलाई ३–२ ले हराउदै सेभिया तालिकाको सातौ स्थानमा उक्लिएको छ । ७ खेलबाट १३ अंक जोडेको सेभिया समान अंक भएका बार्सिलोना र रियल सोसिडाडभन्दा पछि परेको हो ।
अन्य खेलहरुमा डिर्पोटिभो अलाभेषले मायोरकालाई, आईबरले सेल्टा डि भिगोलाई तथा रियल भल्लाडोलिडलाई समान २–० ले स्तब्ध पारे । लेभान्ते र ओसासुनाले एक एकको बराबरी खेल्दै अंक बा“डेका छन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?