Logo

प्रिमियर लिग फुटबलमा चेल्सीको पहिलो जित

ई-खेलकुद २०७६ भदौ ७ , शनिबार ०७:०८ मा प्रकाशित

एजेन्सी । चेल्सीले ईङलिस प्रिमियर लिग फुटबलमा पहिलो जित हात पारेको छ । आज भएको खेलमा नर्विचलाई ३–२ ले हराउदै चेल्सीले सिजनको पहिलो जित हात पारेको हो । पहिलो हाफ २–२ को बराबरीमा सकिएको खेलमा चेल्सीले दोस्रो हाफमा १ गोल गर्दै जित निकालेको हो ।
उसलाई महत्वपुर्ण जित दिलाउन ताम्मी अब्राहमले २ तथा मासोन माउण्टले एक गोल गरे । खेलको तेस्रो मिनेटमा अब्राहमले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । छैठौ मिनेटमा कान्ट वेलले नर्विचलाई बराबरीमा पुर्याएका थिए । १७ औ मिनेटमा माउण्टले गोल गरेपछि चेल्सी २–१ को अवस्थामा पुग्यो । खेलको ३० औ मिनेटमा टिमु पुक्कीले गोल गर्दै नर्विचलाई २–२ को बराबरीमा ल्याए ।
६८ औ मिनेटमा अब्राहमले गोल गरेपछि चेल्सीले ३–२ को अग्रता बनाएको थियो । त्यसपछिको समय दुबै टोलीले कुनै गोल गर्न नसक्दा सोहि नतिजा निर्णायक बन्यो । ५३ प्रतिशत बल पोजिशनको खेलमा चेल्सीले पाएका दर्जन थप अवसर भने खेर फालेको थियो । ३ खेलबाट ४ अंक जोडेको चेल्सी तालिकाको दशौ स्थानमा उक्लिएको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?