
एजेन्सी । ईङलिश प्रिमियर लिग फुटबलका पछिल्ला खेलमा चेल्सी र वाटफोर्ट विजयी भएका छन् । चेल्सीले टटनह्यामलाई तथा वाटफोर्टले म्यानचेष्टर युनाईटेडलाई समान २–० ले स्तब्ध पारे । चेल्सीको जितमा दुबै गोल विलियनले गरे । खेलको १२ औ मिनेटमा उनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अन्तिम समयमा पाएको पेनाल्टिको अवसरलाई उनैले गोलमा परिणत गरे । ६२ औ मिनेटमा सन ह्युङ मीन रातो कार्ड खा“दै मैदानबाट बाहिरिएपछि त्यसपछिको समय टटनह्याम १० खेलाडीमा सिमित बनेको थियो । खेलमा ५५ प्रतिशत बल पोजिशन आफ्नो पक्ष्ँमा पारेको चेल्सीले निरन्तर टटनह्यामको पोष्टमा आक्रमण गरेको थियो । तर उसका थप प्रयास सफल हुन सकेनन् ।
जितका बाबजुत चेल्सी ३२ अंकमा तालिकाको चौथो स्थानमा कायम छ ।
म्यानचेष्टर युनाईटेडलाई २–० ले हराएको वाटफोर्ट १२ अंकमा तालिकाको पुछारमा यथावत छ । सिजनको दोस्रो जित निकाल्ने क्रममा उसका लागि ईस्माइला सार र ट्रोए डिनेले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा वाटफोर्टले दुबै गोल दोस्रो हाफको सुरुवातमै गरेको थियो । १८ खेलबाट १२ अंक जोडेको वाटफोर्ट रेलिगेशन जोनको पनि पुछारमा रहेको छ । हारका बावजुत म्यान युनाईटेड २५ अंकमा आठौ स्थानमा यथावत रहेको छ ।
