
– ईङलिश प्रिमियर लिग फुटबलमा आर्सनलले दोस्रो जित हात पारेको छ । आज भएको खेलमा बर्नलीलाई २–१ ले हराउदै आर्सनलले जितको श्रृखला जारी राखेको छ । आर्सनलको जितमा अलेक्जेण्डर लाकाजेट् र पेरि एमेरिक आबुमियाङले गोल गरे । खेलको १३ औ मिनेटमा लाकाजेट्को गोलबाट अग्रता बनाएको आर्सनलबिरुद्ध ४३ औ मिनेटमा बर्नलीले गोल गर्दै खेल एक एकको बराबरीमा पुर्याएको थियो । एस्ले वर्नेसले बर्नलीलाई बराबरीमा पुर्याएका थिए । ६४ औ मिनेटमा आबुमियाङले गोल गर्दै टोलीलाई जित दिलाए ।
घरेलु मैदानमा ६८ प्रतिशत बल पोजिशन आफ्नो पक्षमा पारेको आर्सनलका झण्डै एक दर्जन प्रहार भने विफल बनेका थिए । बर्नलीले पनि आर्सनलको पोष्टमा आधा दर्जन असफल प्रयास गरेको थियो ।
