
एजेन्सी । ईङलिस प्रिमियर लिग फुटबलमा आर्सनलले पाँचौ जित हात पारेको छ । १६ औ चरणको खेलमा गएराती वेष्टह्याम युनाईटेडलाई ३–१ ले हराउदै आर्सनल तालिकाको नवौ स्थानमा उक्लिएको हो । पहिलो हाफमा १–० ले पछि परेको आर्सनलले दोस्रो हाफमा ३ गोल गर्दै पुनरागमन जित हात पारेको हो । ३८ औ मिनेटमा एंगेलो ओग्बोन्नाले गोल गर्दै वेष्टह्यामलाई अग्रता दिलाएका थिए ।
६० औ मिनेटमा ग्राबियल मार्टिनिलीले गोल गर्दै आर्सनललाई बराबरीमा पुर्याएका थिए । ६६ औ मिनेटमा निकोलस पेपे र ६९ औ मिनेटमा पिरे एमेरिक आमुमियाङले गोल गर्दै आर्सनललाई जित दिलाए ।
बलमाथी ६४ प्रतिशत नियन्त्रण जमाएको आर्सनलबिरुद्ध वेष्टह्यामले लगातार आक्रमणको प्रयास गरेको थियो । तर उसका प्रयास सफल बन्न सकेनन् । १६ खेलबाट २२ अंक जोडेको आर्सनल तालिकाको नवौ स्थानमा उक्लिएको छ ।
