Logo

प्रिमियर लिग फुटबलमा आर्सनलको हार

ई-खेलकुद २०७६ मंसीर २० , शुक्रबार ०९:१२ मा प्रकाशित

एजेन्सी । ईङलिस प्रिमियर लिग फुटबलको पछिल्लो खेलमा आर्सनल पराजित भएको छ । १५ औ चरणको खेलमा आर्सनल, ब्राईटन एण्ड होभ एल्बियनसंग २–१ ले पराजित भएको हो । ब्राईटनको जितमा एडम वेभस्टर र निल माउपेले एक एक गोल गरे । आर्सनलका अलेक्जेण्डर लाकाजेट्ले गोल गरेपनि थप गोल गर्न नसक्दा हार भोग्न बाध्य भयो । जारी सिजन खराब फर्मबाट गुज्रीरहेको आर्सनलको यो चौथो हार हो । जितसंगै ब्राईटन १८ अंकमा तालिकाको १३ औ स्थानमा उक्लिएको छ ।
गएराती नै न्यु क्यासल युनाईटेडले सिफिल्ड युनाईटेडलाई २–० ले पराजित गर्यो । सेन्ट म्याक्सीमिन र जोन्जो सिल्भले गोल गर्दै न्यु क्यासललाई जित दिलाए । यो जितसंगै न्यु क्यासल १९ अंकमा तालिकाको ११ औ स्थानमा रहेको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?