Logo

प्रिमियर लिग फुटबलमा आर्सनल सिफिल्डसंग पराजित

ई-खेलकुद २०७६ कात्तिक ५ , मंगलबार ०६:१० मा प्रकाशित

एजेन्सी । ईङलिश प्रिमियर लिग फुटबलको पछिल्लो खेलमा आर्सनल पराजित भएको छ । नवप्रबेशी सिफिल्ड युनाईटेडसंग आर्सनल १–० ले पराजित भएको हो । यो हारले तेस्रो स्थानमा उक्लने आर्सनलको योजनालाई ठुलो धक्का लागेको छ । लेस मौसेटले ३० औ मिनेटमा गरेको गोल सिफिल्डलाई अंक दिलाउन पर्याप्त बनेको थियो । मौसेटले प्रिमियर लिगमा डेब्यु गोल गर्दै टोलीलाई महत्वपुर्ण अंक दिलाएका हुन् ।
६८ प्रतिशत बल पोजिशनको खेलमा आर्सनलले पाएका अवसरको भने सदुपयोग गर्न सकेन् । बल पोजिशनमा पकड बनाउन नसकेपनि सिफिल्डले आर्सनल समान अवसरको सृजना गरेको थियो ।
यो जितसंगै सिफिल्ड युनाईटेड १२ अंकमा तालिकाका नवौ स्थानमा उक्लिएको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?