Logo

प्रिमियर लिग फुटबलमा आज विभिन्न ३ खेल हुदै

ई-खेलकुद २०७६ भदौ ८ , आईतबार ०५:०८ मा प्रकाशित

एजेन्सी । ईङलिस प्रिमियर लिग फुटबलमा आज विभिन्न ३ खेल हुदैछन् । आजको पहिलो खेलमा साविक विजेता म्यानचेष्टर सिटिले वर्नमाउथसंग प्रतिस्पर्धा गर्नेछ । बर्नमाउथको घरेलु मैदानमा नेपाली समयानुसार साँझ पौने ७ बजे हुने खेलमा दुबै टोली दोस्रो जितको खोजीमा रहनेछन् । सुरुवाती २ खेलमा दुबै टोलीले १ जित र अर्को खेल बराबरीमा टुङग्याएका थिए ।
आजै हुने अन्य खेलमा टटनह्यामले न्यु क्यासल तथा बर्नली र वोल्भरहेम्प्टनबिच प्रतिस्पर्धा हुनेछ । नेपाली समय अनुसार यी दुबै खेल राती सवा ९ बजे सुरु हुनेछ । घरेलु मैदानमा न्यु क्यासलसंग प्रतिस्पर्धा गर्दा टटनह्याम दोस्रो जितको खोजीमा हुनेछ । न्यु क्यासल भने सिजनको पहिलो अंकको खोजीमा हुनेछ ।
१ जित हात पारेको वर्नली दोस्रो जितको खोजीमा रहदा सुरुवाती दुबै खेलमा बराबरीको नतिजा निकालेको वोलभरहेम्प्टन पहिलो जितको खोजीमा मैदान उत्रनेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?