Logo

प्रिमियर लिग फुटबलमा आज बर्नमाउथ र एभर्टन तथा आर्सनल र वाटफोर्ट भिड्दै

ई-खेलकुद २०७६ भदौ २९ , आईतबार ०५:०९ मा प्रकाशित

एजेन्सी । ईङलिस प्रिमियर लिग फुटबलमा आज बिभिन्न २ खेल हुदैछन् । पाँचौ चरणको खेलमा आज राती बर्नमाउथ र एभर्टन तथा आर्सनल र वाटफोर्टबिच प्रतिस्पर्धा हुदैछ । ७ अंकमा तालिकाको आठौ स्थानमा रहेको एभर्टन, १६ औ स्थानमा रहेको बर्नमाउथलाई हराउदै तालिकाको तेस्रो स्थानमा उक्लने लक्ष्यमा रहेको छ । भिटालिटी स्टेडियममा हुने खेलमा दुबै टोली जित निकाल्दै तालिकामा सुधारको लक्ष्यमा हुनेछन् ।
आजै सातौ स्थानको आर्सनलले पुछारको वाटफोर्टसंग प्रतिस्पर्धा गर्नेछ । वाटफोर्टको घरेलु मैदानमा हुने खेलमा जित निकाल्न सके आर्सनलले ४ स्थान फड्को मार्नेछ । १ अंकमा पुछारमा रहेको वार्टफोर्टलाई घरेलु मैदानमा पहिलो जित निकाल्न निक्कै संर्घष आवश्यक छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?