Logo

प्रिमियर लिग फुटबलमा आज बिभिन्न ८ खेल हुदै

ई-खेलकुद २०७६ पुस १६ , बुधबार १०:०१ मा प्रकाशित

एजेन्सी । ईङलिस प्रिमियर लिग फुटबलमा आज बिभिन्न ८ खेल हुदैछन् । २१ औ चरणका खेलमा नेपाली समयानुसार साँझ साढे ६ बजे चेल्सी र ब्राईटन एण्ड होभ एल्बियन तथा एष्टन भिल्ला र बर्नली प्रतिस्पर्धा गर्नेछन् । माथिल्ला टोलीलाई दबाव दिन चेल्सीलाई आजको खेल महत्वपुर्ण रहेको छ । ३५ अंकमा तालिकाको चौथो स्थानमा रहेको चेल्सी म्यानचेष्टर सिटि भन्दा ६ अंकले पछि छ ।
आजै दोस्रो स्थानको लेष्टर सिटिले न्यु क्यासल युनाईटेडसंग प्रतिस्पर्धा गर्नेछ । नेपाली समयानुसार राती ९ बजे हुने खेलमा लेष्टर १४ औ जितको खोजीमा हुनेछ । २५ अंकमा तालिकाको ११ औ स्थानमा रहेको न्यु क्यासल २ स्थान सुधारको योजनामा रहेको छ । सोहि समय टटनह्याम र साउथ ह्याम्प्टन तथा वाटफोर्ट र वोल्भर हेम्प्टन आमने सामने हुनेछन् । राती साढे ११ बजे म्यानचेष्टर सिटि र एभर्टन, नर्विच र क्रिष्टल प्यालेस तथा वेष्टह्याम र बर्नमाउथबिच खेल हुनेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?