
एजेन्सी । ईङलिस प्रिमियर लिग फुटबलमा आज १८ औ चरणका बिभिन्न ७ खेल हुदैछन् । आजको पहिलो खेलमा नेपाली समयानुसार साँझ साढे ६ बजे आर्सनल र एभर्टन आमने सामने हुनेछन् । २२ अंकमा तालिकाको १० औ स्थानमा रहेको आर्सनल १६ औ स्थानको एभर्टनसंग प्रतिस्पर्धा गर्दा कम्तीमा २ स्थान सुधारको योजनामा रहेको छ । जारी सिजन मात्र ५ जित हात पारेको आर्सनल छैठौ जितको खोजीमा हुनेछ ।
राती नौ बजे एकै समयमा विभिन्न ५ खेल हुनेछन् । बर्नमाउथले बर्नली, एष्टन भिल्लाले साउथ हेम्प्टन, ब्राईटन एण्ड होभ एल्बियनले सिफिल्ड युनाईटेड, न्यु क्यासलले क्रिष्टल प्यालेस तथा नर्बिचले वोल्भरहेम्प्टनको सामना गर्नेछन् ।
मध्यराती साढे ११ बजे म्यानचेष्टर सिटि र लेष्टर सिटि आमने सामने हुनेछन् । ३९ अंकमा तालिकाको दोस्रो स्थानमा रहेको लेष्टर तेस्रो स्थानको म्याचेष्टर सिटिको चुनौती पन्छाउदै लिभरपुलसंगको दुरी घटाउने योजनामा रहेको छ । म्यानचेष्टर सिटि भने १२ औ जितसंगै दोस्रो स्थानको लेष्टरसंगको दुरी १ अंकमा झार्ने लक्ष्यमा रहेको छ ।
