Logo

प्रिमियर लिग फुटबलमा आज तीन खेल हुदै

ई-खेलकुद २०७७ पुस २८ , मंगलबार ०३:०१ मा प्रकाशित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज बिभिन्न तीन खेल हुदैछन् । आजको पहिलो खेलमा नेपाली समयानुसार राती पौने १२ बजे न्यु क्यासल युनाईटेड र सेफिल्ड युनाईटेड प्रतिस्पर्धा गर्नेछन् । नेपाली समयानुसार राती २ बजे २ खेल हुनेछ । सो समय म्यानचेस्टर युनाईटेडले बर्नलीसँग तथा एभर्टनले वुल्भरहेम्प्टनसंग प्रतिस्पर्धा गर्नेछन् । बर्नलीको मैदानमा हुने खेलमा युनाईटेड सहज जित संगै लिगको शीर्ष स्थानमा उक्लन चाहन्छ । युनाईटेड १६ खेलमा ३३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । बर्नली १६ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।
२९ अंक जोडेको एभर्टन तालिकाको सातौ स्थानमा रहेको छ । उल्भ्स २२ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

प्रिमियर लिग म्यानचेस्टर युनाईटेड

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?