Logo

प्रिमियर लिगमा वुल्भरहेम्प्टनले लिड्सलाई हरायो

ई-खेलकुद २०७७ फागुन ८ , शनिबार ०६:०२ मा प्रकाशित

एजेन्सी । ईङलिश प्रिमियर लिग फुटबलको पछिल्लो खेलमा वुल्भरहेम्प्टन विजयी भएको छ । लिड्स युनाईटेडलाई १–० ले हराउदै वुल्भरहेम्प्टन तालिकाको ११ औ स्थानमा पुगेको हो । उसको जितमा खेलको ६४ औ मिनेटमा लिड्सले दिएको उपहार गोल निर्णायक बन्यो । एलान मेस्लीयरले आत्माघाती गोल गरेपछि वुल्भरले खेलमा अग्रत बनाएको थियो । त्यसपछिको समय दुबै टोलीले थप गोल गर्न नसक्दा सोहि नतिजा निर्णायक बन्यो । २५ खेलबाट ३३ अंक जोड्दै वुल्भरले तालिकामा एक अंक फ्डको मारेको हो ।
समान खेलबाट ३२ अंक जोडेको लिड्स १२ औ स्थानमा झरेको छ । प्रिमियर लिग फुटबलमा आज बिभिन्न ४ खेल हुनेछन् । आज चेल्सी र साउथहेम्प्टन, बर्नली र वेष्टब्रोम, लिभरपुल र एभर्टन तथा फुल्ह्याम र सेफिल्ड युनाईटेड प्रतिस्पर्धा गर्नेछन् ।

प्रिमियर लिग वुल्भरहेम्प्टन

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?