Logo

प्रिमियर लिगमा लेष्टर सिटिको सहज जित, न्यु क्यासल र सिफिल्डलाई पनि सफलता

ई-खेलकुद २०७६ मंसीर २३ , सोमबार ०७:१२ मा प्रकाशित

एजेन्सी । ईङलिस प्रिमियर लिग फुटबलका पछिल्ला खेलमा लेष्टर सिटि, न्यु क्यासल युनाईटेड र सिफिल्ड युनाईटड विजयी भएका छन् । एष्टन भिल्लालाई ४–१ ले हराउदै लेष्टरले लिभरपुलसंगको अंक दुरी घटाएको हो । १६ खेलबाट ३८ अंक सहित लेष्टर दोस्रो स्थानमा यथावत रहेको छ । समान खेलबाट लिभरपुल ४६ अंकमा तालिकाको शीर्ष स्थानमा छ ।
जेमी भर्डीले २ तथा केलिची ईन्हान्चो र जोनी ईभान्सले एक एक गोल गर्दै लेष्टरलाई सहज जित दिलाए । एष्टन भिल्लाका ज्याक ग्रीलिसले सान्त्वना गोल फर्काए ।
गएरातीनै न्यु क्यासल युनाईटेडले साउथ हेम्प्टनलाई तथा सिफिल्ड युनाईटेडले नर्बिच सिटिलाई २–१ ले स्तब्ध पारे । जितसंगै सिफिल्ड २२ अंकमा तालिकाको आठौ र न्यु क्यासल युनाईटेड १० औ स्थानमा उक्लिएका छन् ।
ब्राईटन एण्ड होभ एल्बियन र वोल्भर हेम्प्टनले २–२ को बराबरी खेल्दै अंक बाडेका छन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?