
एजेन्सी । प्रिमियर लिग फुटबलको एकमात्र अपराजित टोली लिभरपुल पछिल्लो खेलमा हारबाट जोगीएको छ । नवौ चरणको खेलमा म्यानचेष्टर युनाईटेडले अग्रता बनाएपनि अन्तिम समयमा एडम लालानाले लिभरपुरको उद्धार गरेका थिए । ३६ औ मिनेटमा मार्कोस रासफोर्डको गोलबाट अग्रता बनाएपनि अन्तिम समय सम्हालिन नसक्दा युनाईटेड अंक बा“ड्न बाध्य भएको थियो । ८५ औ मिनेटमा लालानाले लिभरपुलका लागि बराबरी गोल गरेका थिए । बल पोजिशनमा ६८ प्रतिशत नियन्त्रण जमाएपनि लिभरपुलले आधा दर्जन अवसर खेर फाल्दा सिजनको पहिलो बराबरी गरेको हो । ९ खेलबाट २५ अंक जोडेको लिभरपुल तालिकाको शीर्ष स्थानमा यथावत रहदा, समान खेलबाट १० अंक जोडेको म्यानचेष्टर युनाईटेड १३ औ स्थानमा उक्लिएको छ । प्रिमियर लिग फुटबलमा आज आर्सनल र सिफिल्ड युनाईटेडबिच प्रतिस्पर्धा हुनेछ ।
