
एजेन्सी । ईङलिस प्रिमियर लिग फुटबलको पछिल्लो खेलमा लिभरपुलले लेष्टरसिटि माथि रोमाञ्चक जित हात पारेको छ । २–१ गोल अन्तरले तालिकाको शिर्ष स्थानमा रहेको तेश्रो स्थानको लेष्टरलाई हराएको हो । सादीयो मानेले खेल ४० औं मिनेटमा लिभरपुलका लागी गोल गर्दै अग्रता दिलाएका थिए । ८० औं मिनेटमा लेष्टर सिटिका जेम्स म्याडिसनले गोल गरेपछि बराबरीमा पुगेको खेलको निर्धारित समय सकिएपछि थपिएको अतिरिक्त समयमा जेम्स मिल्नरले गोल गर्दै रोमाञ्चक जित दिलाएका हुन् । क्रिष्टल प्यालेसले वेष्टह्याम विरुद्ध गएराती हासिल गरेको जितसंगै तालिकामा आफ्नो स्थान सुधार गरेको छ । ५ औं स्थानको क्रिष्टल प्यालेसले वेष्ट ह्याम माथि २–१ गोल अन्तरको जित दर्ता गरेको हो ।
यस्तै प्रिमियर लिगको गएरातीका अन्य खेलमा बर्नलीले एर्भटनलाई १ – ० ले , ब्राईटन एण्ड होब एल्बियनले टटनह्याम हट्स्परर्लाइ ३–० तथा एष्टन भिल्लाले नर्विच सिटिलाई ५–१ गोलको फराकिलो अन्तरले हराएका छन् । वार्टफोर्ड र सेफिल्ड युनाईटेडले भने गोल रहित बराबरी खेल्दै अंक बा“डेका छन् ।
