Logo

प्रिमियर लिगमा लिभरपुलको अपराजित यात्रा जारी

ई-खेलकुद २०७६ असोज ६ , सोमबार ०७:०९ मा प्रकाशित

एजेन्सी । लिभरपुलले ईङलिस प्रिमियर लिगमा आफ्नो अपराजित यात्रा जारी राखेको छ । पछिल्लो खेलमा गएराती चेल्सीलाई २–१ ले हराउदै लिभरपुलले दोस्रो स्थानको म्यानचेष्टर सिटिसंगको अंकदुरी ५ ले बढाएको हो । चेल्सीको घरेलु मैदान स्टाम्पफोर्ट ब्रिजमा १४ औ मिनेटमा अलेक्जेण्डर आर्नोल्डको गोलबाट अग्रता बनाएको लिभरपुलका लागि ३० औ मिनेटमा रोर्बटो फिरिमिनोले अर्को गोल थपेका थिए । ५५ प्रतिशत बल पोजिशनको खेलमा चेल्सीका लागि ७१ औ मिनेटमा एंगेलो कोन्टेले सान्त्वना गोल फर्काएका थिए । ६ खेलबाट लिभरपुल १८ अंकमा तालिकाको शीर्ष स्थानमा रहदा, समान खेलबाट ८ अंक जोडेको चेल्सी ११ औ स्थानमा धकेलिएको छ ।
अर्को खेलमा आर्सनलले एष्टनभिल्लालाई ३–२ ले स्तब्ध पार्यो । पहिलो हाफमै १० खेलाडीमा सिमित भएको आर्सनलले पुनरागमन जित निकालेको हो । पहिलो हाफमा १–० ले पछि परेको अवस्था उल्टाउदै आर्सनलले संर्घषपुर्ण जित निकालेको हो । पेपे, कलुम चेम्बर्स र पिरे एमेरिक आबुमियाङले गोल गर्दै टोलीलाई महत्वपुर्ण अंक दिलाए । यो जितले आर्सनललाई तालिकाको चौथो स्थानमा पुर्याएको छ । ६ खेलबाट ११ अंक जोडेको आर्सनल समान अंक भएको लेष्टर सिटि भन्दा गोलअन्तरले पछि परेको हो ।
गएरातीका अन्य खेलमा वेष्टह्यामले म्यानचेष्टर युनाईटेडलाई २–० ले हराउदा, क्रिष्टल प्यालेस र वोलभर हेम्प्टनले एक एकको बराबरी खेल्दै अंक बा“डेका छन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?