Logo

प्रिमियर लिगमा लिभरपुलको जितको श्रृखला जारी, म्याचेष्टर सिटि पराजित

ई-खेलकुद २०७६ भदौ २९ , आईतबार ०७:०९ मा प्रकाशित

एजेन्सी । लिभरपुलले ईङलिस प्रिमियर लिग फुटबलमा जितको श्रृखला जारी राखेको छ । आफ्नो पा“चौ खेलमा गएराती उसले न्युक्यासल युनाईटेडलाई ३–१ ले स्तब्ध पार्यो । सादियो मानेले २ तथा महम्मद सालेहले १ गोल गर्दै टोलीलाई जित दिलाए । न्युक्यासलका जेट्रो विलियमले सान्त्वना गोल फर्काए । ५ खेलबाट १५ अंक जोडेको लिभरपुल दोस्रो स्थानको म्यानचेष्टर सिटिभन्दा ५ अंकले अघि छ ।
गएराती नै म्यानचेष्टर सिटि नर्बिचसंग ३–२ ले पराजित भयो । ६९ प्रतिशत बल पोजिशनको खेलमा म्यानचेष्टर सिटि पहिलो हाफमै २–१ ले पछि परेको थियो । दोस्रँे हाफमा एक एक गोल गरेपनि सिटि खेलमा फर्कन भने सकेन् । यो हारले शीर्ष स्थानको लिभरपुलसंग अंकदुरी छोट्याउने उसको योजना असफल भयो । अन्य खेलहरुमा चेल्सीले वोल्भरहेम्प्टनलाई ५–० ले हरायो । चेल्सीको जितमा टामी अब्राहामले ह्याट्रिक गरे ।
म्यानचेष्टर युनाईटेडले लेष्टर सिटिलाई १–० ले हराउदा, टटनह्यामले क्रिष्टल प्यालेसलाई ४–० ले स्तब्ध पार्यो । मार्कोस रासफोर्डले ८ औ मिनेटमा गरेको गोल युनाईटेडको जितमा पर्याप्त बनेको थियो । सन हियुङ मिनले २ तथा भान आन्होल्ट र ईरिक लामेलाले एक एक गोल गरे ।
साउथ हेम्प्टनले सिफिल्डलाई १–० ले हराउदा, बर्नली र ब्राईटन एण्ड होभ एल्बियनले एक एकको बराबरी खेल्दै अंक बाँडेका छन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?