Logo

प्रिमियर लिगमा लिभरपुलको अपराजित यात्रा कायमै, सिटिको पनि शानदार जित

ई-खेलकुद २०७६ भदौ १५ , आईतबार ०७:०९ मा प्रकाशित

एजेन्सी । लिभरपुलले ईङलिस प्रिमियर लिग फुटबलमा अपराजित यात्रालाई जारी राखेको छ । चौथो खेलमा गएराती बर्नलीलाई ३–० ले हराउदै लिभरपुलले आफ्नो अपराजित यात्रा जारी राखेको हो । उसको जितमा सादियो माने र रोर्बटो फिरिमिनोले एक एक गोल गरे । अर्को गोल उसले उपहारस्वरुप हात पारेको थियो । बर्नलीको भने जारी सिजन यो दोस्रो हार हो ।
गएराती नै साबिक बिजेता म्यानचेष्टर सिटिले ब्राईटन एण्ड होभ एल्बियनलाई ४–० ले स्तब्ध पार्यो । सिजनको तेस्रो जित निकाल्ने क्रममा उसका लागि सर्जियो अगुईरोले २ तथा केभिन डि ब्रुयेन र बर्नाण्डो सिल्भाले एक एक गोल गरे । ४ खेलबाट १० अंक जोडेको सिटि तालिकाको दोस्रो स्थानमा यथावत छ । लेष्टर सिटिले बर्नमाउथलाई ३–१ ले हराउदा, नर्विच सिटि वेष्टह्यामसंग २–० ले स्तब्ध भयो । लगातार दोस्रो जित निकाल्ने क्रममा क्रिष्टल प्यालेसले एष्टन भिल्लालाई १–० ले पराजित गर्यो ।
गएरातीका अन्य ३ खेल भने बराबरीमा सकिएका छन् । चेल्सी नवप्रबेशी सिफिल्ड युनाईटेडसंग २–२ को बराबरीमा रोकिदा, म्यानचेष्टर युनाईटेड र साउथ हेम्प्टन तथा न्यु क्यासल र वाटफोर्टले समान एक एकको बराबरी खेल्दै अंक अंक बाँडे ।
प्रिमियर लिगमा आज राती २ खेल हुनेछ । आज एभर्टन र वोल्भरहेम्प्टन तथा टटनह्याम र आर्सनलबिच प्रतिस्पर्धा हुनेछ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?