Logo

प्रिमियर लिगमा लिभरपुरको अपराजित यात्रा जारी, चेल्सी पराजित

ई-खेलकुद २०७६ मंसीर १५ , आईतबार १०:१२ मा प्रकाशित

एजेन्सी । लिभरपुलले ईङलिस प्रिमियर लिग फुटबलमा आफ्नो अपराजित यात्रालाई १४ औ खेलमा पनि जारी राखेको छ । पछिल्लो खेलमा गएराती ब्राईटन एण्ड होभ एल्बियनलाई २–१ ले हराउदै उपाधि यात्रा बलियो बनाएको हो । उसको जितमा दुबै गोल भर्जिल भान डाईजले गरे । उनले १८ र २४ औ मिनेटमा गोल गर्दै पहिलो हाफमै टोलीलाई २ गोलको अग्रता दिलाएका थिए । ७६ औ मिनेटमा एलिसन बेकर रातो कार्ड खा“दै मैदानबाट बाहिरिएपछि लिभरपुल १० खेलाडीमा समेटिएको थियो । त्यसको ३ मिनेटमै ब्राईटनले गोल गर्दै अन्तर घटाएको थियो । खेलमा ५५ प्रतिशत नियन्त्रण जमाएको ब्राईटनले पाएका अवसरको सदुपयोग गर्न नसक्दा सोहि नतिजा निर्णायक बन्यो ।
यो जितसंगै लिभरपुलले दोस्रो स्थानको म्यानचेष्टर सिटिसंगको अंक दुरी ११ मा पुर्याएको छ । सिटि पछिल्लो खेलमा न्यु क्यासल युनाईटेडसंग २–२ को बराबरीमा रोकिएसंगै लिभरपुलको अग्रता बढेको हो ।
बर्नमाउथलाई ३–२ ले हराएको टटनह्याम तालिकाको पाचौ स्थानमा उक्लिएको छ । डेल अलीले २ तथा मौसा सिसोकोले एक गोल गरे । बर्नमाउथका हेरी विल्सनले २ गोल गरे पनि टोलीलाई जिताउन पर्याप्त भएन् ।
साउथ हेम्प्टनले वाटफोर्टलाई २–१ ले हराउदा चेल्सी, वेष्टह्यामसंग १–० ले स्तब्ध भयो । बर्नलीलाई २–० ले हराएको क्रिष्टल प्यालेस १८ अंकमा तालिकाको १० औ स्थानमा उक्लिएको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?