Logo

प्रिमियर लिगमा लिड्सले फुल्ह्यामलाई हरायो

ई-खेलकुद २०७७ चैत्र ७ , शनिबार ०६:०३ मा प्रकाशित

एजेन्सी । ईङलिश प्रिमियर लिग फुटबलको पछिल्लो खेलमा लिड्स युनाईटेड विजयी भएको छ । फुल्ह्यामलाई २–१ गोल अन्तरले हराउदै लिड्स तालिकाको ११ औ स्थानमा उक्लिएको हो । लिड्सलाई संर्घषपुर्ण जित दिलाउन प्याट्रिक बामफोर्ड र रापिन्हाले गोल गरे । फुल्ह्यामका जुवाचिम एण्डरसनले एक गोल फर्काए । पहिलो हाफ एक एक गोलको बराबरीमा सकिएको खेलमा लिड्सले दोस्रो हाफमा अर्को गोल थप्दै जित हात पारेको हो ।
२९ खेलबाट ३९ अंक जोडेको लिड्स तालिकाको ११ औ स्थानमा पुगेको हो । फुल्ह्याम भने २६ अंकमा तालिकाको रेलिगेशन क्षेत्रमा छ ।

प्रिमियर लिग लिड्स

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?