Logo

प्रिमियर लिगमा म्यान सिटीलाई आर्सनलको चुनौती

ई-खेलकुद २०७७ फागुन ९ , आईतबार ०५:०२ मा प्रकाशित

एजेन्सी । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज चार खेल हुदैछन् । दिनको पहिलो खेलमा साँझ पौने ६ बजे टटनह्याम र वेष्टह्याम युनाईटेड प्रतिस्पर्धा गर्नेछन् । घरेलु मैदानमा हुने खेलमा टटनह्याम जित निकाल्दै तालिकामा कम्तीमा १ स्थान सुधारको योजनामा रहने छ । पाँचौ स्थानको वेष्टह्याम पनि टटनह्यामलाई हराउदै तेस्रो स्थानको लेष्टरमाथी दबाव बढाउने लक्ष्यमा छ ।
अर्को खेलमा राती पौने ८ बजे लेष्टर सिटी र एष्टन भिल्ला प्रतिस्पर्धा गर्नेछन् । दुबै टोली एक अर्कालाई हराउदै तालिकामा सुधार गर्ने योजनामा रहेका छन् । दिनको तेस्रो खेलमा राती सवा १० बजे लिग लिडर म्यानचेष्टर सिटी र आर्सनल आमने सामने हुनेछन् । आर्सनलको घरेलु मैदान इमिरेट्स स्टेडियममा हुने खेलमा दुबै टोली स्पष्ट अंकको खोजीमा रहनेछन् । सिटीलाई हराउन सके आर्सनल २ स्थान माथी चढ्नेछ । हाल ऊ ३४ अङ्कसहित दसौँ स्थानमा छ । ५३ अंकमा तालिकाको शीर्ष स्थानमा रहेको सिटी भने आर्सनललाई उसैको मैदानमा हराउदै उपाधि यात्रा बलियो बनाउन चाहानछ ।
आजको अन्तिम खेलमा राती पौने १ बजे म्यानचेस्टर युनाइटेड र न्यूकासल युनाईटेड प्रतिस्पर्धा गर्नेछन् ।

प्रिमियर लिग म्यानचेष्टर सिटी

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?