Logo

प्रिमियर लिगमा म्यानचेष्टर सिटि विजयी, युनाईटेड बराबरीमा रोकियो

ई-खेलकुद २०७६ मंसीर ३० , सोमबार ०९:१२ मा प्रकाशित

एजेन्सी । ईङलिस प्रिमियर लिग फुटबलका पछिल्ला खेलमा म्याचेष्टर सिटि र टटनह्याम विजयी भएका छन् । म्यानचेष्टर युनाईटेड भने एभर्टनसंग एक एकको बराबरीमा रोकिएको छ । आर्सनललाई ३–० ले हराउदै म्यान सिटि तालिकाको तेस्रो स्थानमा कायम छ । उसले तीनै गोल खेलको पहिलो हाफमा गरेको थियो । केभीन डि ब्रुयेनले २ तथा राहिम स्टर्लिङले एक गोल गर्दै टोलीलाई सहज जित दिलाए । १७ खेलबाट ३५ अंक जोडेको सिटि तालिकाको तेस्रो स्थानमा कायम छ ।
वोल्भर हेम्प्टनलाई २–१ ले हराएको टटनह्याम तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । सिजनको सातौ जित निकाल्ने क्रममा उसले वोल्भरहेम्प्टनलाई स्तब्ध पारेको हो । लुकास मौरा र जान र्भेटोङगेनले एक एक गोल गर्दै टोलीलाई जित दिलाए ।
गएराती नै भएको खेलमा म्यानचेष्टर युनाईटेड र एभर्टनले एक एकको बराबरी खेल्दै अंक बाँडेका छन् । ३६ औ मिनेटमा उपहार गोलबाट एभर्टनले अग्रता बनाएपनि ७७ औ मिनेटमा मासन ग्रीनउडले गोल गर्दै टोलीलाई बराबरीमा पुर्याएका थिए । बराबरीसंगै युनाईटेड २५ अंकमा तालिकाको छैटौ स्थानमा यथावत रहेको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?