Logo

प्रिमियर लिगमा म्यानचेष्टर युनाईटेड वेष्टह्यामसंग पराजित

ई-खेलकुद २०७६ असोज ५ , आईतबार ०८:०९ मा प्रकाशित

एजेन्सी । ईङलिस प्रिमियर लिग फुटबलको पछिल्लो खेलमा वेष्टह्याम विजयी भएको छ । घरेलु मैदानमा बलियो टोली म्यानचेष्टर युनाईटेडलाई २–० ले हराउदै वेष्टह्याम तालिकाको चौथो स्थानमा उक्लिएको हो ।
बल पोजिशनमा पकड जमाएपनि म्यान युनाईटेडले पाएका अवसरको सदुपयोग गर्न सकेन । वेष्टह्यामको जितमा एण्ड्री यार्मोलेन्को र एरोन क्रिसवेलले एक एक गोल गरे । पहिलो हाफमा १–० को अग्रता बनाएको वेष्टह्यामले दोस्रो हाफमा अर्को गोल थपेको थियो ।
६ खेलबाट ११ अंक जोडेको वेष्टह्याम, लेष्टरसंग समान अंक भएपनि गोलअन्तरमा पछि परेको हो । समान खेलबाट युनाईटेड ८ अंकमा तालिकाको सातौ स्थानमा रहेको छ ।
अर्को खेलमा क्रिष्टल प्यालेस र वोल्भरहेम्प्टनले एक एकको बराबरी खेल्दै अंक बाँडेका छन् । आजै आर्सनल र एष्टन भिल्ला तथा लिभरपुल र चेल्सीबिचपनि प्रतिस्पर्धा हुनेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?