Logo

प्रिमियर लिगमा बर्नलीबिरुद्ध लिड्सको शानदार जित

ई-खेलकुद २०७८ जेठ १ , शनिबार ०७:०५ मा प्रकाशित

एजेन्सी । लिड्स युनाईटेडले ईङलिश प्रिमियर लिग फुटबलमा शानदार जित निकालेको छ । ३६ औ चरणको खेलमा बर्नलीलाई उसैको मैदानमा ४–० ले हराउदै लिड्स तालिकाको १० औ स्थानमा बलियो बनेको हो । उसलाई सहज जित दिलाउन रोड्रिगोले २ तथा मेटेयुज क्लिच र ज्याक हारिसनले एक एक गोल गरे । पहिलो हाफमा १–० को अग्रता बनाएको लिड्सले दोस्रो हाफमा ३ गोल थप्दै फराकिलो जित दर्ता गरेको हो ।
३६ खेलबाट ५३ अंकसहित लिड्स तालिकाको १० औ स्थानमा कायम छ । समान खेलबाट बर्नलीले ३९ अंकमा तालिकाको १५ औ स्थानमा छ ।
प्रिमियर लिगमा आजै राती साउथ हेम्प्टन र फुल्ह्याम तथा ब्राईटन एण्ड होभ एल्बियन र वेष्टह्याम युनाईटेड प्रतिस्पर्धा गर्नेछन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?