Logo

प्रिमियर लिगमा चेल्सीको शानदार जित

ई-खेलकुद २०७७ कात्तिक २३ , आईतबार ०७:११ मा प्रकाशित

एजेन्सी । ईङलिश प्रिमियर लिग फुटबलमा चेल्सीले सेफिल्ड युनाईटेडबिरुद्ध सहज जित हात पारेको छ । घरेलु मैदानमा सुरुवातमै १–० ले पछि परेको अवस्था उल्टाउदै चेल्सीले पुनरागमन जित हात पारेको हो । नवौ मिनेटमा डेभिड म्याकगोल्ड्रिकले गोल गर्दै सेफिल्डलाई अग्रता दिलाएका थिए । टामी अब्राहमले २३ औ मिनेटमा चेल्सीलाई बराबरीमा पुर्याएका थिए ।
३४ औ मिनेटमा वेन चिलवेलले गोल गर्दै पहिलो हाफमा टोलीलाई २–१ को अग्रता दिलाए । ७७ औ मिनेटमा थिएगो सिल्भा र ८० औ मिनेटमा टिमो वेर्नरले गोल गर्दै चेल्सीलाई सहज जित दिलाए । ८ खेलबाट १५ अंक जोडेको चेल्सी तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । सेफिल्डले जारी सिजन जित हात पार्न सकेको छैन् ।
गएराती नै म्यानचेष्टर युनाईटेडले एभर्टनलाई ३–१ ले हरायो । ब्रुनो फर्नाण्डेजले २ तथा ईडिसन काभानीले एक गोल गर्दै युनाईटेडलाई सिजनको तेस्रो जित दिलाएका थिए ।
क्रिष्टल प्यालेसले लिड्स युनाईटेडलाई ४–१ ले हराउदा फुल्ह्याम वेष्टह्यामसंग १–० ले स्तब्ध भयो ।
प्रिमियर लिग फुटबलमा आज बिभिन्न ४ खेल हुदैछन् । आज टटनह्याम र वेष्टब्रोम, लेष्टर सिटी र वुल्भरहेम्प्टन,म्यानचेष्टर सिटी र लिभरपुल तथा आर्सनल र एष्टन भिल्ला प्रतिस्पर्धामा उत्रनेछन् ।

चेल्सी प्रिमियर लिग

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?