Logo

प्रिमियर लिगमा क्रिष्टल र ब्राईटनको बराबरी

ई-खेलकुद २०७६ पुस १ , मंगलबार ०९:१२ मा प्रकाशित

एजेन्सी । ईङलिस प्रिमियर लिग फुटबलको पछिल्लो खेल बराबरीमा सकिएको छ । गएराती भएको खेलमा क्रिष्टल प्यालेस र ब्राईटन एण्ड होभ एल्बियनले एक एकको बराबरी खेल्दै अंक बाँडेका हुन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुबै टोलीले दोस्रो हाफमा गोल गरेका थिए । ५४ औ मिनेटमा निल माउपेको गोलबाट ब्राईटनले खेलमा अग्रता लिएको थियो । ७६ औ मिनेटमा वेल्फ्रेड जाहाले क्रिष्टललाई खेलमा फर्काएका थिए ।
खेलमा ६६ प्रतिशत नियन्त्रण जमाएको ब्राईटनले क्रिष्टलको पोष्टमा दर्जन आक्रमण गरेपनि उसका प्रयास असफल भएका थिए । बराबरीसंगै क्रिष्टल २३ अंकमा तालिकाको नवौ स्थानमा उक्लिएको छ । ब्राईटन भने २० अंकमा यथावत रहेको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?