Logo

प्रिमियर लिगमा आज विभिन्न ६ खेल हुदै, चेल्सी र नर्विच तथा आर्सनल र लिभरपुल भिड्दै

ई-खेलकुद २०७६ भदौ ७ , शनिबार ०४:०८ मा प्रकाशित

एजेन्सी । ईङलिस प्रिमियर लिग फुटबलमा आज बिभिन्न ६ खेल हुदैछन् । आजको पहिलो खेलमा चेल्सी र नर्विच आमने सामने हुनेछन् । नर्विचको खेरेलु मैदानमा नेपाली समयानुसार साझ सवा ५ बजे यी दुई टोलीबिचको प्रतिस्पर्धा सुरु हुनेछ ।
जारी लिगमा चेल्सी पहिलो र नर्विच दोस्रो जितको खोजीमा रहेका छन् । आजै राती ब्राईटन एण्ड होभ एल्बियनले साउथ हेम्प्टन, म्यानचेष्टर युनाईटेडले क्रिष्टल प्यालेस, लेष्टर सिटिले सिफिल्ड युनाईटेड तथा वाटफोर्टले वेष्टह्याम युनाईटेडसंग प्रतिस्पर्धा गर्नेछ न् । यी सबै खेल नेपाली समयानुसार राती पौने ८ बजे सुरु हुनेछ ।
आजको अन्तिम खेलमा राती सवा १० बजे लिभरपुल र आर्सनलबिच प्रतिस्पर्धा हुनेछ । एन्फिल्डमा हुने खेलमा दुबै टोली तेस्रो जितको खोजीमा रहेका छन् । सुरुवाती दुबै खेलमा जित निकालेका यी दुई टोली सिजनको तेस्रो खेलमै आमने सामने हुन लागेका हुन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?