Logo

प्रिमियर लिगमा आज लिभरपुल र चेल्सी भिड्दै

ई-खेलकुद २०७७ फागुन २० , बिहीबार ०५:०३ मा प्रकाशित

एजेन्सी । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज राती बिभिन्न ३ खेल हुदैछन् । नेपाली समयानुसार राती पौने १२ बजे २ खेल हुनेछ । सो समय टटनह्याम र फुल्ह्याम तथा एभर्टन र वेष्टब्रोम प्रतिस्पर्धा गर्नेछन् । जारी लिगमा दमदार प्रर्दशन गर्न नसकेका यी टोली एक अर्काबिरुद्ध सहज जित निकाल्दै तालिकामा सुधार गर्ने योजनामा रहेका छन् ।
दिनको अन्तिम खेलमा राती २ बजे लिभरपुल र चेल्सी आमने सामने हुनेछन् । घरेलु मैदान एन्फिल्डमा हुने खेलमा लिभरपुल सहज जित निकाल्दै शीर्ष टोलीसंगको दुरी घटाउने योजनामा हुनेछ । हाल लिभरपुल छैटौँ तथा चेल्सी पाँचौँ स्थानमा छ । समान २६ खेल खेलेको लिभरपुलसँग ४३ र चेल्सीसंग ४४ अङ्क छ । शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीसँग ६५ अङ्क छ । उसले २७ खेल खेलेको छ ।

प्रिमियर लिग लिभरपुल

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?