Logo

प्रिमियर लिगमा आज म्यान सिटी र टटनह्याम भिड्दै

ई-खेलकुद २०७७ मंसीर ६ , शनिबार ०३:११ मा प्रकाशित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज ४ खेलका लागि बिभिन्न ८ टोली प्रतिस्पर्धामा उत्रदैछन् । दिनको पहिलो खेलमा साँझ सवा ६ बजे चेल्सी र न्यु क्यासल युनाईटेड प्रतिस्पर्धा गर्नेछन् । न्युक्यासलको मैदानमा हुने खेलमा घरेलु टोली चौथो र चेल्सी पाँचौ जितको खोजीमा रहनेछन् ।
आजको दोस्रो खेलमा राती पौने नौ बजे एष्टन भिल्ला र ब्राईटन एण्ड होभ एल्बियन आमने सामने हुनेछन् । ब्राईटनलाई हराउन सके एष्टनले शीर्ष स्थानको लेष्टर सिटीसंग अंक बराबरी गर्नेछ । ब्राईटन भने सिजनको दोस्रो जित निकाल्ने दाउमा छ ।
अर्को खेलमा दुई ठुला क्लब म्यानचेस्टर सिटी र टटनह्याम राती सवा ११ बजे आमने सामने हुनेछन् । टटनह्यामको मैदानमा हुने खेलमा घरेलु टोली छैटौ जितसंगै शीर्ष स्थानमा पुग्ने दाउमा रहने छ । सिटीपनि टटनह्यामलाई हराउदै तालिकामा सुधार गर्ने योजनामा छ ।
टटनह्यामविरुद्ध सर्जियो अग्युरो र रहिम स्ट्रर्लिङ मैदान उत्रने सम्भावना रहेको छ । चोट बोकेका उनीहरु टोलीको अभ्यासमा फर्किएका थिए ।
दिनको अन्तिम खेलमा राती पौने २ बजे म्यानचेस्टर युनाईटेडले वेस्ट ब्रोमसंग घरेलु मैदानमा खेल्नेछ । जारी सिजन खराब प्रर्दशन गर्दै आएको युनाईटेड चौथो र वेष्टब्रोम पहिलो जितको खोजीमा मैदान उत्रनेछन् ।

टटनह्याम प्रिमियर लिग

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?