Logo

प्रिमियर लिगमा आज म्यान युनाईटेड र एभर्टन तथा चेल्सी र सेफिल्ड खेल्ने

ई-खेलकुद २०७७ कात्तिक २२ , शनिबार ०३:११ मा प्रकाशित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज बिभिन्न ४ खेल हुदैछन् । दिनको पहिलो खेलमा नेपाली समयानुसार साँझ सवा ६ बजे म्यानचेस्टर युनाईटेड र एभर्टन प्रतिस्पर्धा गर्नेछन् ।
एभर्टनको मैदानमा हुने खेलमा युनाईटेड तेस्रो र घरेलु टोली पाँचौ जितको खोजीमा रहेका छन् । युनाईटेडलाई हराउन सके एभर्टन शीर्ष स्थानमा पुग्नेछ ।
आजै हुने खेलमा चेल्सीले घरेलु मैदानमा तालिकाको पुछारमा रहेको सेफिल्ड युनाईटेडसँग खेल्नेछ । यो खेल नेपाली समयानुसार राती सवा ११ बजे सुरु हुनेछ । चौथो जितसंगै शीर्ष तीनमा पुग्ने चेल्सीको योजना छ । सेफिल्ड भने सिजनको पहिलो जितको खोजीमा छ ।
आजका अन्य खेलहरुमा क्रिस्टल प्यालेस र लिड्स तथा वेस्ट ह्याम र फुल्ह्याम आमने सामने हुनेछन् ।

प्रिमियर लिग म्यानचेस्टर युनाईटेड

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?