Logo

प्रिमियर लिगमा आज चेल्सी र एभर्टन भिड्दै

ई-खेलकुद २०७७ फागुन २४ , सोमबार ०४:०३ मा प्रकाशित

एजेन्सी । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज बिभिन्न २ खेल हुदैछन् । आज चेल्सी र एभर्टन तथा वेष्टह्याम र लिड्स युनाईटेड प्रतिस्पर्धा गर्दैछन् । दिनको पहिलो खेलमा नेपाली समयानुसार राती पौने १२ बजे चेल्सी र एभर्टन प्रतिस्पर्धा गर्नेछन् ।
चेल्सीको घरेलु मैदान स्टाम्पफोर्डब्जिमा हुने खेलमा घरेलु टोली सहज जित निकाल्दै चौथो स्थानमा बलियो बन्नेछ । चेल्सीलाई हराउन सके एभर्टनपनि तालिकाको चौथो स्थानमा पुग्नेछ । २७ खेलबाट चेल्सीको ४७ अङ्क छ । एक खेल कम खेलेको एभर्टनसँग ४६ अङ्क छ । आजै राती पौने २ बजे वेस्ट ह्याम र लिड्स युनाइटेड आमने सामने हुनेछन् । यो खेल वेस्ट ह्यामको मैदानमा हुनेछ ।

चेल्सी प्रिमियर लिग

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?