
काठमाडौं । प्रशिक्षक र खेलाडीबीचमा देखिएको विवादको छानबिनका लागि अखिल नेपाल फुटबल संघ एन्फाले कमिटि गठन गरेको छ । एन्फाले विावाद बारे छानबिन गरी प्रतिवेदन बुझाउन एक सदस्सीय कमिटि बनाएको हो । नेपाली सेनाका पुर्व उपरथी भिक्टर शमसेर जबराको एक सदस्सीय कमिटिलाई सत्यतथ्य बुझी प्रतिवेदन बुझाउन एक साताको समय दिईएको छ ।
एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र खेलाडीबीच मंगलबार भएको छलफलपछि दुबै पक्ष छानबिन समिति गठन गर्न राजी भएका थिए । मुख्य प्रशिक्षक अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै १० खेलाडीले बन्द प्रशिक्षण छाडेका थिए ।
विवाद समाधानका लागि चौतर्फी दबाब बढेपछि एन्फा नेतृत्वले छानबिन कमिटि बनाएको हो ।
