Logo

प्रशिक्षक–खेलाडी विवाद समाधानका लागि छानबिन समिति गठन

ई-खेलकुद २०७९ वैशाख २५ , आईतबार ०५:०५ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी र सिनियर १० खेलाडीबिचमा देखिएको विवाद समाधानका लागि अखिल नेपाल फुटबल संघ एन्फाले पहल थालेको छ । एन्फाले विवादका बिषयमा सत्य तथ्य छानबिन गरी प्रतिवेदन तयार पार्न तीन सदस्सीय समिति गठन गरेको हो । आज बसेको एन्फा कार्य समितीको बैठकले पुर्ब रथी भिक्टर राणाको संयोजकत्वमा तीन सदस्सीय समिति गठन गरेको हो । समितिमा पुर्ब खेलाडी बिदुर बिष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दिपक थापा सदस्यका रुपमा रहेका छन् । समितिलाई घटनाका बिषयमा सत्य तथ्य बुझेर सातदिन भित्र प्रतिवेदन पेश गर्न भनिएको छ ।
विवाद बढ्दै गएपछि एन्फा वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङ, उपाध्यक्षद्वय विरबहादुर खड्का, कृष्ण थापा र सदस्य दावा लामाले कार्यसमित बैठक माग गरेका थिए । सोहि बैठकले समिति बनाएको हो । मुख्य प्रशिक्षक अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै बैशाख १३ गते १० खेलाडीले बन्द प्रशिक्षण छाडेका थिए ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?