Logo

प्रधानसेनापति राष्ट्रिय लन टेनिस प्रतियोगिता हुने

ई-खेलकुद २०७८ मंसीर ६ , सोमबार ०४:११ मा प्रकाशित

काठमाडौं । पहिलो प्रधानसेनापति राष्ट्रिय लन टेनिस प्रतियोगिता हुने भएको छ । नेपाली सेनाले राजधानी काठमाडौंमा आज पत्रकार सम्मेलन गरी कात्तिक २७ गतेबाट प्रतियोगीता गर्ने जनाएको हो । प्रतियोगितामा खुलातर्फ महिला र पुरुष गरी चार प्रतिष्पर्धा हुनेछन् भने भेट्रानतर्फ विभिन्न उमेर समूहमा सातवटा र एक अन्तर सरकारी प्रतिष्पर्धा हुनेछ । प्रतियोगिता अन्तर्राष्ट्रिय टेनिस सङ्घ र राष्ट्रिय टेनिस सङ्घको नियमअनुसार खेलाइने आयोजकले जनाएको छ । प्रतियोगिताका सबै खेलहरू आर्मी अफिसर्स क्लबको दुईवटा कोर्ट र दशरथ रङ्गशालामा रहेका दुई कोर्टमा सञ्चालन हुनेछन् ।
विजेताले खुलातर्फ एकल पुरुष र महिलाले समान ५० हजार तथा डबल महिला र पुरुषले ४० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै भेट्रानतर्फ एकलले ३० हजार रुपैयाँ, डबलले २५ हजार रुपैयाँ र अन्तर सरकारीतर्फको विजेतालाई २५ हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगीता पुस ५ गतेसम्म चल्नेछ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?