
काठमाण्डौ । सातौं प्रधानसेनापति अन्तराष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका लागि नेपाल एपीएफ र आर्मी भिड्ने भएका छन् । आज भएको दोस्रो सेमिफाइनलमा भुटानको राष्ट्रिय टोलीलाई २–० ले हराउदै आर्मीले एपीएफसंगको उपाधि भेट पक्का गरेको हो ।
भद्रकालीस्थित नेपाली सेनाको मैदानमा आर्मीलाई जिताउन पुजा राना र बिमला चौधरीले गोल गरे । १० औ मिनेटमा पुजाले गोल गदैृ आर्मीलाई अग्रता दिलाएकी थिईन् । ८४ औ मिनेटमा चौधरीले अग्रता दोब्बर पारेकि थिईन् ।
यसअघि आजै बिहान भएको खेलमा एपीएफले अर्को विभागीय टोली नेपाल पुलिसलाई ५–२ ले हराउदै एपीएफले फाइनल यात्रा तय गरेको थियो । आर्मी र एपिएफबीचको उपाधि भिडन्त बुधबार हुनेछ ।
