Logo

प्रधानमन्त्री कप महिला भलिबलको उपाधि एपीएफलाई

ई-खेलकुद २०७७ फागुन २५ , मंगलबार ०५:०३ मा प्रकाशित

नेपालगञ्ज । प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगीता अन्तर्गत महिलातर्फको उपाधि विभागीय टोली नेपाल एपीएफले उचालेको छ । नेपालगञ्ज रंगशालामा भएको सातौं संस्करणको फाइनलमा नेपाल पुलिस क्लबलाई सोझो सेटले हराउदै एपीएफले उपाधि उचालेको हो ।
पहिलो सेटमा २५–२२ को जित निकालेको एपीएफले त्यसपछिका सेटमा २५–२३ र २५–१९ को जित निकाल्यो । उपाधिसँगै एपीएफले ५ लाख रुपैया हात पार्यो । उपविजेता पुलिसले २ लाख रुपैयामा चित्त बुझायो । लुम्बिनी युनाईटेडलाई सोझो सेटले हराउदै न्यु डायमण्ड एकेडेमीले तेस्रो स्थान हात पार्यो । उसले २५–१६, २५–११ र २५–१३ को सहज जित हात पार्दै १ लाख रुपैया प्राप्त गर्यो ।
बाँके जिल्ला भलिबल संघको आयोजनामा भएको प्रतियोगितामा तीन विभागिय टोली सहित ५ टोलीको सहभागिता थियो ।

नेपाल एपीएफ प्रधानमन्त्री कप

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?