Logo

प्रधानमन्त्री कप क्रिकेटमा प्रदेश एकको पहिलो जित

ई-खेलकुद २०७७ माघ ९ , शुक्रबार ०३:०१ मा प्रकाशित

काठमाण्डौ । प्रदेश एकले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगीतामा पहिलो जित हात पारेको छ । समुहचरणको आफ्नो अन्तिम खेलमा कर्णाली प्रदेशलाई ५९ रनले हराउदै प्रदेश एकले प्रतियोगीताको सुखद अन्त्य गरेको हो । यसअघिका तीन खेलमा लगातार पराजित हुदै उ प्रतियोगीताबाट बाहिरिसकेको छ ।
किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा प्रदेश एकले दिएको २ सय १६ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको कर्णाली ३५ ओभरमा १ सय ५६ रनमा अलआउट भयो । बिपिन रावलले ४७, निश्चल रावलले ३१ र रबिन्द्र शाहिले १८ रन बनाएको ईनिङसमा अन्यले उल्लेख्य ब्याटिङ गर्न सकेनन् ।
प्रदेश एकका मिनास थापले ५ तथा दिपेश कडेलले ३ विकेट लिए । मनोज तामाङको नाममा २ विकेट रह्यो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश एकले ९ विकेट गुमाएर २ सय १५ रनको सम्मानजनक योगफल तयार पारेको थियो । उसको जितमा कप्तान सिद्धान्त लोहनीले ६६ रनको योगदान गरे । शुभर्णकर उरावले ३६ र मिनास थापाले २५ रन बनाए । कर्णालीका रविन्द्र शाहीले ३ विकेट लिए । दिनेश अधिकारी र अनुज चुनाराको नाममा समान २ विकेट रह्यो ।
समुह ए बाट प्रदेश एक र गण्डकी प्रदेश समुहचरणबाटै बाहिरिसकेका छन् ।

प्रदेश एक प्रधानमन्त्री कप

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?