Logo

प्रधानमन्त्री कप क्रिकेटको उपाधिका लागि एपीएफ र पुलिस भिड्ने

ई-खेलकुद २०७८ माघ ४ , मंगलबार ०४:०१ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगीताको उपाधिका लागि नेपाल एपीएफ र पुलिस भिड्ने भएका छन् । आज भएको दोस्रो सेमिफाइनलमा साविक विजेता त्रिभुवन आर्मीलाई ४७ रनले हराउँदै एपीएफले पुलिससँगको उपाधि भेट पक्का गरेको हो । प्रतियोगीताको फाइनल खेल भोली हुनेछ ।
२ सय ३१ रनको विजयी लक्ष्य पछ्याउने क्रममा आर्मीले ९ विकेट गुमाएर १ सय ८३ रन मात्र बनाउन सक्यो । राजेश पुलामी मगरले सर्बाधिक ३८ रन बनाएको आर्मीको ईनिङसमा भीम सार्कीले ३५ र सुमित श्रेष्ठले २४ रन बनाए । हरी चौहानले २२ र बिक्रम सोबले १४ रन जोडे । सहाब आलम २१ र सुशन भारी १२ रनमा अबिजित रहे । एपीएफका शरद भेषावकरले ३ तथा भुवन कार्की र अबिनाश बोहोराले समान २ विकेट लिए । दिपक बोहोरा र किशोर महत्तोको नाममा एक एक विकेट रह्यो ।
यसअघि किर्तिपुरस्थित त्रिबी क्रिकेट मैदानमा तीन व्याट्सम्यानले अर्धशतक बनाएपछि एपीएफले २ विकेट गुमाएर २ सय ३० रनको उच्च योगफल बनाएको थियो । ओपनरद्धय आसिफ शेख र प्रदिप ऐरीसँगै बिष्फोटक ब्याटिङ गर्दै लोकेश बमले पनि अर्धशतक बनाए । मात्र १८ बल खेलेका बम ६६ र ऐरी ५७ रनमा अबिजित रहे । शेखले ८४ र कप्तान शरद भेषावकरले ९ रन बनाए । लोकेशले ९ छक्का र २ चौका प्रहार गर्दै ६६ रनको शानदार पारी खेलेका हुन् ।
आर्मीका सुमित श्रेष्ठ र जितेन्द्र मुखियाले एक एक विकेट लिए । पुलिसले आजै भएको पहिलो सेमिफाइनलमा वागमती प्रदेशलाई ५० रनले हराउँदै उपाधि यात्रा तय गरेको थियो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?