Logo

प्रधानमन्त्री कप क्रिकेटमा सुदुरपश्चिमले लुम्बिनीलाई दियो ६३ रनको लक्ष्य

ई-खेलकुद २०७७ माघ १० , शनिबार ११:०१ मा प्रकाशित

काठमाण्डौ । प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगीतामा सुदुरपश्चिमले लुम्बिनी प्रदेशसामु ६३ रनको लक्ष्य प्रस्तुत गरेको छ । मुलपानी क्रिकेट मैदानमा टस जितेको लुम्बिनीले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको सुदुरपश्चिम २७ दशमलव ४ ओभरमा ६२ रनमा समेटिएको हो । नारायण जोशीले सर्बाधिक १७ रन बनाएको उसको ईनिङसमा सन्तोष भट्टले ११ रन जोडे । अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
लुम्बिनीका कृष्ण कार्कीले ४ तथा बिक्रम भुषाल र अनिल खरेलले समान २ विकेट लिए । दिपेन्द्र रावत र सन्दिप सुनारको नाममा एक विकेट रह्यो ।
सुदुरपश्चिमलाई हराउन सके लुम्बिनीको अघिल्लो चरण प्रबेशको संभावना जिवितै रहने छ । सुरुवाती दुबै खेलमा हार भोगेको सुदुरपश्चिम प्रतियोगीताको पहिलो जितको खोजीमा मैदान उत्रिएको छ ।

प्रधानमन्त्री कप सुदुरपश्चिम

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?