Logo

प्रधानमन्त्री कपमा लुम्बिनी र बाग्मतीको खेल बराबरी

ई-खेलकुद २०७७ माघ ११ , आईतबार ०४:०१ मा प्रकाशित

काठमाण्डौ । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगीतामा लुम्बिनी प्रदेश र बाग्मती प्रदेशबिचको खेल बराबरीमा सकिएको छ । बाग्मतीले दिएको २ सय २१ रनको चुनौती पछ्याउने क्रममा लुम्बिनी १२ बल अगाबै २ सय २० रनमा समेटिएपछि खेल बराबरीमा सकिएको हो । बराबरीसंगै दुबै टोलीले एक एक अंक प्राप्त गरेका छन् । यो नतिजाले बाग्मती सेमिफाईनलमा प्रबेश गरेको छ भने लुम्बिनीले पुलिस र प्रदेश दुईबिचको नतिजा कुर्न पर्ने भएको छ । ४ खेलबाट बाग्मतीको ७ अंक भएको छ । समान खेलबाट लुम्बिनी ५ अंकमा समुह बीको दोस्रो स्थानमा छ ।
लुम्बिनीको ईनिङसमा प्रकाश केसी र कप्तान कृष्ण कार्कीले समान ४१ रनको योगदान गरे । सौरभ खनालले ३४, देव खनालले २६ र सन्दिप सुनारले २५ रन बनाए ।
बाग्मतीका विपिन आचार्यले ४ तथा गौतम केसीले २ विकेट लिए । ईशान पाण्डे,रामनरेश गीरी र तिलक भण्डारीको नाममा समान एक विकेट रह्यो । लुम्बिनीका एक ब्याट्सम्यान रनआउट भएका थिए ।
यसअघि काठमाण्डौको मुलपानीस्थित क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको बाग्मतीले निर्धारित ओभरमा ९ विकेट गुमाएर २ सय २० रनको योगफल तयार पारेको थियो । आदिल खानले सर्बाधिक ५५ रन बनाएको बाग्मतीको ईनिङसमा ईशान पाण्डेले ५१ र आकाश थापाले ३९ रन बनाए । पृथु बास्कोटाले २९ र कप्तान ज्ञानेन्द्र मल्लले १४ रन जोडे ।
लुम्बिनीका दिपेन्द्र रावतले ३ तथा कृष्ण कार्की र सन्दिप सुनारले समान २ विकेट लिए । बिक्रम भुषाल र अनिल खरेलको नाममा समान एक विकेट रह्यो ।

 

प्रधानमन्त्री कप बाग्मती

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?