Logo

प्रधानमन्त्री कपको पहिलो सेमिफाईनलमा पुलिस र एपीएफ भिड्दै

ई-खेलकुद २०७७ माघ १४ , बुधबार ०८:०१ मा प्रकाशित

काठमाण्डौ । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगीतामा आजबाट सेमिफाईनल चरणका खेल सुरु हुदैछ । प्रतियोगीताको पहिलो सेमिफाईनलमा आज दुई विभागीय टोली नेपाल पुलिस र एपीएफ प्रतिस्पर्धा गर्नेछन् ।
किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा हुने खेल बिहान ९ बजे सुरु हुनेछ । एपीएफ समुह एको विजेताका रुपमा सेमिफाईनलमा प्रबेश गरेको हो भने पुलिस समुह विजेताको उपविजेताका रुपमा प्रतियोगीताको अन्तिम चारमा प्रबेश गरेको हो ।
समुहचरणमा अपराजित रहेको एपीएफ पुलिसलाई हराउदै उपाधि यात्रा तय गर्ने योजनामा छ । समुह चरणमा बाग्मतीसंग पराजित भएको पुलिसले त्यसपछिका अपराजित रहेको थियो । साविक विजेता समेत रहेको पुलिस एपीएफलाई हराउदै उपाधि रक्षा गर्ने योजनामा आज मैदान उत्रनेछ ।
आजको विजेताले भोली हुने दोस्रो सेमिफाईनलको विजेतासंग प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाईनलमा भोली त्रिभुवन आर्मी र बाग्मती प्रदेश प्रतिस्पर्धा गर्नेछन् ।
प्रधानमन्त्री कपको विजेताले १० तथा उपविजेता टोलीले ५ लाख रुपैया प्राप्त गर्नेछन् ।

प्रधानमन्त्री कप सेमिफाईनल

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?