
विराटचोक । मोरङको सुन्दर हरैंचा नगरपालिका विराटचोकमा प्रदेश स्तरीय नकआउट फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । स्थानीय नेपाल मुस्लिम युवा समूहको आयोजनामा हुने प्रतियोगिता भोली देखि पुस ५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको उद्घाटन खेल डाँगिहाट युथ क्लब र बराहक्षेत्र फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा आयोजकसंगै धनकुटा फुटबल क्लब, गाईघाट फुटबल क्लब, सशस्त्र प्रहरी बल, भाङबारी फुटबल क्लब र ब्राईट स्पोर्टिङ क्लब सिलिगुडीको सहभागिता हुने भएको छ । आयोजक समिति अध्यक्ष इफ्तर आलमका अनुसार प्रतियोगिताको बिजेता टिमले २ लाख र उपबिजेताले एक लाख रुपैया“ हात पार्नेछन् ।
