Logo

प्रदेश दुईले सुदुरपश्चिमलाई दियो १ सय ९६ रनको चुनौती

ई-खेलकुद २०७७ माघ ११ , आईतबार १२:०१ मा प्रकाशित

काठमाण्डौ । प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगीतामा प्रदेश दुईले सुदुरपश्चिमसामु १ सय ९६ रनको चुनौती प्रस्तुत गरेको छ । किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा टस जितेको सुदुरपश्चिमले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको प्रदेश दुई ४२ ओभरमा १ सय ९५ रनमा समेटिएको हो । हरिशंकर शाहले सर्बाधिक ६० रन बनाएको प्रदेश दुईको ईनिङसमा विवेक यादवले ४१ र मेहबुब आलमले २३ रन बनाए । अन्यले उल्लेख्य ब्याटिङ गर्न सकेनन् ।
सुदुरपश्चिमका नरेन्द्र साउद र शेर मल्लले समान ३ तथा अरुण ऐरीले २ विकेट लिए । हेमन्त धामी र भोजराज भट्टको नाममा समान एक विकेट रह्यो ।
सुरुवाती तीनै खेलमा हार भोगेको सुदुरपश्चिम प्रतियोगीताको सुखद अन्त्यको योजनामा रहदा प्रदेश दुईपनि तेस्रो खेलमा पहिलो अंकको खोजीमा रहेको छ ।

प्रदेश दुई प्रधानमन्त्री कप

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?