Logo

प्रदेश एकद्धारा प्रदेश तीनसामु १ सय ४५ रनको लक्ष्य प्रस्तुत, कप्तान थापाको अर्धशतक

ई-खेलकुद २०७६ पुस १९ , शनिबार ०३:०१ मा प्रकाशित

ईनरुवा । मनमोहन मेमोरियल एकदिवसीय क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा प्रदेश एकले प्रदेश तीनसामु १ सय ४५ रनको मध्यम चुनौती प्रस्तुत गरेको छ । सुनसरीको ईनरुवास्थित स्थानिय क्रिकेट मैदानमा टस जितेको प्रदेश तीनले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको प्रदेश एकले निर्धारित २८ ओभरमा सबै विकेट गुमाएर १ सय ४४ रनको मध्यम योगफल तयार पारेको हो ।
कप्तान पुष्प थापाले सर्बाधिक ५० रन बनाएको प्रदेश एकको ईनिङसमा फिर्दोष अन्सारीले १८ रन बनाए । मनिष थापाले २० रन जोडे । प्रदेश एकका अन्य ब्याट्सम्यानले उल्लेख्य ब्याटिङ गर्न सकेनन् ।
प्रदेश तीनका नन्दन कुमार यादवले ४ र रामनरेश गीरीले २ तथा जितेन्द्र ठकुरी, ईशान पाण्डे, र प्रतिश जिसीले समान एक विकेट लिए । आजको विजेताले सेमिफाईनलमा स्थान बनाउने भएकाले दुबै टोलीलाई आजको खेल जित्नै पर्ने दबाव रहेको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?