Logo

प्रकाश दाहाल स्मृती भलिवल प्रतियोगिता भदौ २४ गतेबाट

ई-खेलकुद २०७६ भदौ ११ , बुधबार ०३:०८ मा प्रकाशित

काठमाण्डौ । प्रकाश दाहाल स्मृति प्रगतिशिल युवा नेपाल कप’ राष्ट्रिय भलिबल प्रतियोगिता भदौ २४ गते हुने भएको छ । प्रतियोगिताको आयोजक प्रगतिशील यूवा नेपालले आज पत्रकार सम्मेलन पहिलो संस्करणको प्रतियोगिता भदौ २४ देखी २८ सम्म हुने जानकारी गराएको हो । आयोजक कमिटिका अध्यक्ष दिपक थापाका अनुसार प्रतियोगीतामा कम्तीमा १० टोली सहभागी हुनेछन् ।
विजेताले ५ र उपबिजेताले ३ लाख रुपैया हात पार्ने प्रतियोगिताका सबै खेलहरु नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा हुनेछ । प्रतियोगितामा तेस्रो हुने टोलीले १ लाख र चौथोले ५० हजार रुपैया पाउने छन् ।
प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले पल्सर मोटरसाइकल पाउने पत्रकार सम्मेलनमा जानकारी दिईयो । स्पाइकर, ब्लकर, डिफेन्डर, सर्भर र प्रशिक्षकलाई पनि नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?