Logo

प्रकाश दाहाल स्मृती भलिबलको उपाधिका लागि पुलिस र आर्मी भिड्ने

ई-खेलकुद २०७६ भदौ ३० , सोमबार ०९:०९ मा प्रकाशित

काठमाण्डौ । प्रकाश दाहाल स्मृति प्रगतिशिल युवा नेपाल कप भलिवल प्रतियोगिताको उपाधिका लागि त्रिभुवन आर्मी र नेपाल पुलिस क्लवबिच प्रतिस्पर्धा हुदैछ । काठमाडौको बसपार्कस्थित डोरपाटन क्लबको कोर्टमा अपरान्ह १ बजे प्रतियोगिताको उपाधि भिडन्त हुनेछ । सेमिफाइनलमा पुलिसले अर्को विभागीय टोली एपीएफलाई तथा आर्मीले गण्डकी प्रदेशलाई हराउदै उपाधि भेट पक्का गरेका थिए ।
अहिले सोहि कोर्टमा गण्डकी र एपीएफबिच तेस्रो स्थानको प्रतिस्पर्धा भईरहेको छ । प्रतियोगिताको उपाधि विजेताले ५ लाख रुपैया हात पार्नेछ । उपविजेताले ३ लाख तथा तेस्रो हुने टोलीले १ लाख रुपैया हात पार्नेछन् । भदौ २४ गतेबाट सुरु भएको प्रतियोगितामा ३ विभागिय सहित ८ टोली सहभागी छन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?