
काठमाण्डौ । प्रकाश दाहाल स्मृति प्रगतिशिल युवा नेपाल कप भलिवल प्रतियोगिताको २ पटक स्थगीत फाइनल खेल आज हुदैछ । काठमाण्डौको नयाँ बसपार्कस्थित डोरपाटन क्लबको कोर्टमा बिहान १० बजे त्रिभुवन आर्मी र नेपाल पुलिसबिचको फाइनल खेल सुरु हुनेछ । सोमबार भारी बर्षापछि मंगलबारका लागि सारिएको खेलपनि बर्षाकै कारण संभब नभएपछि आजका लागि सारिएको हो । बर्षाले खेल रोकिनुअघि दुबै टोलीले एक एक सेट जितेका थिए । तेस्रो सेटमा पुलिस २३–१९ ले अघि रहेको छ ।
सोमबार भएको खेलमा एपीएफलाई ३–२ को सेटले हराउदै गण्डकी प्रदेशले तेस्रो स्थान हात पारेको थियो । प्रतियोगिताको उपाधि विजेताले ५, उपविजेताले ३ लाख तथा तेस्रो हुने टोलीले १ लाख रुपैया हात पार्नेछन् । भदौ २४ गतेबाट सुरु भएको प्रतियोगितामा ३ विभागिय सहित ८ टोली सहभागी छन् ।
