
काठमाण्डौ । प्रकाश दाहाल स्मृति प्रगतिशिल युवा नेपाल कप भलिवल प्रतियोगिताको उपाधिको हिजो स्थगीत खेल आज हुदैछ । काठमाण्डौको नयाँ बसपार्कस्थित डोरपाटन क्लबको खेल मैदानमा फाईनलको तेस्रो सेट जारी रहदा भारी बर्षा भएपछि खेल रोकिएको थियो । सुरुवाती सेटमा दुबै टोलीले १–१ सेट जितेका थिए । तेस्रो सेटमा पुलिस २३–१९ ले अघि रहेको छ । आज अपरान्ह १ बजे बाँकि खेल सञ्चालन हुने प्रतियोगिताको आयोजकले जनाएको छ ।
हिजै भएको खेलमा एपीएफलाई ३–२ को सेटले हराउदै गण्डकी प्रदेशले तेस्रो स्थान हात पारेको थियो । प्रतियोगिताको उपाधि विजेताले ५, उपविजेताले ३ लाख तथा तेस्रो हुने टोलीले १ लाख रुपैया हात पार्नेछन् । भदौ २४ गतेबाट सुरु भएको प्रतियोगितामा ३ विभागिय सहित ८ टोली सहभागी छन् ।
