Logo

प्रकाश दाहालको स्मृतीमा भलिबल प्रतियोगिता हुने

ई-खेलकुद २०७६ साउन ३० , बिहीबार ०५:०८ मा प्रकाशित

साउन ३०, काठमाण्डौ । 

नेकपा अध्यक्ष पुष्पकमल दाहालका छोरा तथा तत्कालिन माओबादी केन्द्रका युवा नेता प्रकाश दाहालको स्मृतीमा सर्बाधिक राशीको भलिवल प्रतियोगिता हुने भएको छ । प्रकाश दाहाल स्मृती प्रगतिशिल युवा नेपाल कप राष्ट्रिय भलिबल प्रतियोगिता नाम दिईएको प्रतियोगिता भदौ २४ देखी २८ सम्म चल्नेछ । यसबर्षबाट सुरु हुने प्रतियोगिता नियमित रुपमा सञ्चालन गर्ने आयोजक प्रगतीशिल युवा नेपालले जनाएको छ ।  

काठमाडौंको नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा हुने प्रतियोगिताको विजेताले ५ लाख रुपैया हात पार्नेछ । दोस्रो हुनेले ३ लाख, तेस्रोले १ लाख तथा चौथो हुनेले ५० हजार रुपैया हात पार्नेछ । पुरुष भलिबलमा यो नै हालसम्मको सर्बाधिक ठुलो पुरस्कार राशी हो । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल हात पार्ने आयोजकले जनाएको छ । 

तीन विभागीयसहित १० टोलीले सहभागीता जनाउने प्रतियोगितामा एक टोलीले ३ विदेशी खेलाडी राख्न पाउने नियम बनाईएको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?